१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

पाल्पामा १७ जना कुष्ठरोगी भेटिए

२८ जेठ, पाल्पा । पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

यसरी फेला परेका १७ बिरामीमध्ये छ बिरामीले कुष्ठरोगको औषद्योपचार पूरा गरेको उहाँको भनाइ छ ।समाजमा डर र लाजका कारण कुष्ठरोगी अझै पनि खुल्न नसकिरहेको अवस्था छ, कुष्ठरोग अधिकृत न्यौपानेले भन्नुभयो, “जिल्लामा सरदर वर्षेनी १५ देखि २५ जनामा कुष्ठरोगको लक्षण देखिन्छ ।”कुष्ठरोग लागेमा नियमित औषधि सेवन गरियो भने यो रोग निको हुन्छ ।

प्रकाशित मिति : June 11, 2018 at 11:26 am