२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

शुक्रबार पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?


१४ कात्तिक, काठमाडाैँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा २ सय रुपैयाँको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार, शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीवार यस्तो सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुृक्रवार तेजाबी सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार यस्तो सुन प्रति तोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकात्मक तस्बिर ।

चाँदीको मूल्य भने शुक्रवार स्थिर छ । बिहीवार १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार ११:५५

https://srdb.com.np/