मंगलबार नेप्सेमा १४ लाख कित्ता शेयर सूचिकृत
४ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक लघुवित्तकाे शेयर सूचिकृत भएकाे छ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सजिलो लघुवित्त र समिट लघुवित्त एक आपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य १ सय रूपैयाँ दरकाे १४ लाख कित्ता संस्थापक शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे नेपाल स्टकले जनाएको छ ।
स्टकका अनुसार कात्तिक ४ गतेबाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।
प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार १३:३२