१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरको बाँडफाँड, कति छ अन्तिम मूल्य ?

३ कात्तिक, काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयरको बाँडफाँड गरिएको छ । कम्पनीले असोज १३ गते मंगलबारदेखि असोज १९ गतेसम्म लिलामी मार्फत बिक्रीका लागि खुल्ला गरेको हकप्रद शेयरको कार्तिक २ गते बाँडफाँड गरेको हो ।बाँडफाँटको अन्तिम मूल्य संस्थापक समूहतर्फ १६६ रुपैयाँ कायम भएको छ। त्यसैगरी, सर्वसाधारण समूहतर्फको शेयरको अन्तिम मूल्य ६०४ रुपैयाँ कायम भएको छ।

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीका खुल्ला गरेको थियो । जसमध्ये संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको थियो ।


त्यसैगरी लिलाम बढाबढमा बाँडफाँडमा नपरेको शेयर वापतको रकम भुक्तानी भोलि कार्तिक ४ गते मंगलबार आवेदकले आफ्नो आवेदन फाराममा इल्लेख गरेको बैंक/वित्तीय संस्थाको खातामा IPS मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । साथै, आफ्नो खातामा रकम जम्मा भए/नभएको यकिन गरी रमक जम्मा नभएको खण्डमा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : October 19, 2020 at 10:55 am