१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

मेगा बैंकको लिलामी शेयरको कट अफ प्राइस तोकियो

३० असाेज, काठमाडाैँ । मेगा बैंक नेपालले लिलामीमा ल्याएको शेयरको प्रारम्भिक कट अफ प्राइस सार्वजानिक भएको छ। बिहीबार खुलेको बोलकबोलमा संस्थापक शेयरको प्रारम्भिक कटअफ मूल्य १०८ रुपैयाँ कायम भएको छ। भने सर्वसाधारण शेयरको प्रारम्भिक कट अफ मूल्य २१२ रुपैयाँ कायम भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार रद्ध हुने आवेदनको तथ्यांक अझै रुजु भईनसकेकोले सबै तथ्यांक रुजु भएपछि मात्रै लिलामी शेयरको अन्तिम कट अफ प्राइस निर्धारण हुने छ। बिहीबार दोस्रो बजारमा बैंकको साधारण शेयर प्रतिकित्ता २३० रुपैंयामा र संस्थापक शेयर १२६ रुपैयाँ अन्तिम कारोबार भएको थियो।

प्रकाशित मिति : October 16, 2020 at 12:54 pm