१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा, आजदेखि बिक्री खुला

३० असोज, काठमाडाैँ । नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । कोषको लिलामीमा राखिएको सेयर आज)देखि बिक्री खुला भएको छ। प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर असोज ३० गतेदेखि लिलाम बिक्री गर्न लागेको हो।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९७५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सकिने कम्पनीले जनाएको छ । लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन् । लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिदको लागि आवेदन गर्न सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

प्रकाशित मिति : October 16, 2020 at 9:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/