३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

नुवाकोटका सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसियशनको सचिवमा निर्वाचित

२७ असोज, काठमाडाैँ । नुवाकोटका सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा)को सचिवमा निर्वाचित भएका छन । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष  समेत रहेका पाण्डे पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष हुन । पर्यटन व्यवसायमा दुइ दशक भन्दा बढी समय बिताइसकेका पाण्डेले मेलेसियत प्रतिनिधिलाइ पराजित गर्दै सचिवमा विजयी भएका हुन ।

पाटाको सचिव नै कोषाध्यक्षको भूमिकामा समेत रहने परम्परा रहेको छ । विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढि सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघ, पाटाको यहि १२ अक्टोबर २०२० मा भएको अनलाईन चुनावमा पाण्डेले मलेशियन प्रतिद्धन्धी फईज फधीलिल्लाहलाइ पराजित गरे । त्यस्तै वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्नेछन ।


पाण्डे एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरको अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, डाइरेक्टर– सर्मिट एयर, डाइरेक्टर – अलफ्ट काठमाण्डौ होटल, डाइरेक्टर– छायाँ सेन्टर प्रा लिका रुपमा समेत कार्यरत रहेका छन । पाण्डे यसअघि ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपालको अध्यक्ष भैसकेका छन ।

एयरलाईन्स् अपरेटर्स एशोसियसन अफ नेपालको महासचिव समेत रहेका पाण्डेले टुरिजम म्यान अफ दी एयर २०११ र २०१७, लाइफटाइम अचिभमेन्ट इन टुरिजम अवार्ड २०१५ जस्ता सम्मान प्राप्त गरेका छन । नेपाली साहसिक पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने उच्च हिमाली रेस्क्यु प्रविधिको सुरुवात तथा विस्तार गरेका पाण्डेले सन् २०१५को महा–भुकम्प पश्चात “संकट ब्यवस्थापन तथा पर्यटन पुनःउत्थानकार्यक्रमको तर्जुमा”, प्रथम “हिमालयन ट्राभल मार्ट–२०१७” मा विशेष भुमिका निर्वाह गरेका छन ।

प्रकाशित मिति : 22:42