१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

कुर्मराज शाहीले पाए कर्णाली प्रदेशकाे सचेतककाे जिम्मेवारी

२७ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीले पाएका छन् । संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार माधब नेपाल समूहका नेताहरुको सहमतिअनुसार कुर्मराजलाई सचेतकमा नियुक्त गरेका हुन् ।

यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले मंगलबार कुर्मराजलाई नियुक्त गरेका हुन् ।

आइतबार गुलाबजङ्ग शाहलगायत १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका थिए ।

प्रकाशित मिति : 15:07