१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

गाउँपालिकाको जग्गा कांग्रेस र नेकपाका नेताले श्रीमतीहरूको नाममा दर्ता गरे

२६ असोज, दोलखा । दोलखाको वैत्येश्वर गाउँपालिकाको जग्गा नेपाली कांग्रेस र नेपाका नेता मिलेर श्रीमतीहरूको नाममा दर्ता गरेको खुलासा भएको छ । नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रका नेताहरूको मिलेमतोमा गाउँपालिकाको केन्द्र राख्नका लागि जनताहरुले निशुल्क दान गरेको जग्गा जनप्रतिनिधीहरुले आफन्तको नाममा दर्ता गरेका हुन ।

पालिकाको केन्द्र राख्नका लागि वैत्येश्वर गाउँपालिका वडा नम्वर ६ नाम्दुको पाँडुडाँडामा जनताहरुले निशुल्क रुपमा पालिकालाई दान गरेको जग्गा जग्गा व्यस्थापन समितिका केहि व्यक्तिहरुको मिलेमतोमा नेपाली कांग्रेसका नेता समेत रहेका अध्यक्ष  अध्यक्ष छवी लामा, नेकपाका नेता समेत रहेका उपाध्यक्ष  रविचन्द्र आचार्य र नेपाली कांग्रेसकाबाट निर्वाचित तीन जना वडा अध्यक्षको श्रीमतीको नाममा दर्ता गरेको पाइएको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका अध्यक्ष अध्यक्ष छवी लामा, नेकपाका नेता समेत रहेका उपाध्यक्ष रविचन्द्र आचार्य ।

स्थानीयबाट प्राप्त ३ हजार २ सय ५१ वर्गमिटर जग्गा मध्ये १ हजार ९ वर्ग मिटर जग्गा उनीहरूले श्रीमतीको नाममा गरेका छन । गाउँपालिका प्रमुख छवि लामाको श्रीमती आइती तामाङको नाममा २५५ वर्ग मिटर २०७५ असोज २५ गतेपास गरेको पाइएको छ ।

त्यसै गरी उपाध्यक्ष रविचन्द्र आचार्यको श्रीमती सिता आचार्य वडा नम्वर ६ का वडा अध्यक्ष सम्शेर घिसिङको श्रीमती निर्मला घिसिङको नाममा संयुक्त ६०० वर्ग मिटर, वडा नम्वर ३ का वडा अध्यक्ष कृष्ण दहालको श्रीमती मनमाया दहाल वडा नम्वर २ का वडा अध्यक्ष श्याम कुमार तामाङको आमा लालकुमारी तामाङ वडा नम्वर १ का वडा अध्यक्ष वृष बहादुर तामाङको श्रीमती कमला तामाङको नाममा ४०९ वर्ग मिटर जग्गा रहेको पाइएको छ ।

यसरी गाउँपालिकाको जग्गा श्रीमतिको नाममा गरेर अपचलनमा सहभागी भएपछि नेकपा दोलखाले आफ्ना नेतालाइ कारबाही गरेर प्रदेश कमिटीमा सिफारिस गरेको छ । नेकपाले गाउँपालिका उपाध्यक्षसहित तीन जनालाई पार्टीको साधारण समेत नरहनेगरी कारबाही गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : 08:46