१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

सिभिल लघुवित्तको ८९ हजार कित्ता शेयर आजदेखि लिलामीमा

२५ असाेज, काठमाडाैँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तथा सर्वसाधारण समुहको अवितरित हकप्रद शेयर असोज २५ गते आइतबारदेखि लिलाम बढाबढको माध्यमद्वारा ब्रिक्री खुल्ला भएको छ ।

लघुवित्तले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कुल ८९ हजार ४५० कित्ता शेयर लिलामी बिक्री गर्न लागेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक लिलामी शेयरमा आवेदन दिन चाहनेले कार्तिक २ गतेसम्ममा सेञ्चुरी क्यापिटल तथा सेञ्चुरी बैंकका तोकिएका शाखा कार्यलयबाट आवेदन पेश गर्न सक्नेछन्। लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदकले न्यूनतम १०० रुपैयाँ अंकित गरि आवेदन पेश गर्न सक्नेछन्।

6.indd

प्रकाशित मिति : October 11, 2020 at 1:02 pm