१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई गाभ्ने, स्पर्श लघुवित्तको शेयर कारोबार बुधबारदेखि रोक्का

२१ असाेज, काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ। असोज २० गते दुई लघुवित्त बिच एक्वीजिसन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

ग्लोबल आइएमई लघुवित्तले गाभ्ने सम्झौता गरेसँगै स्पर्श लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको छ। नेपाल स्टक एक्सचेञ्जले बुधबारदेखि कारोबार रोक्का गरेको हो। एक्वीजिसन सम्बन्धि प्रकृया सकिएपछि ग्लोबल आइएमई लघुवित्तकै रुपमा स्पर्श लघुवित्तको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : October 7, 2020 at 11:41 am