१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

मेगा बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१८ असाेज, काठमाडाैँ । मेगा बैंकले लिलामीमार्फत बिक्रीमा ल्याएको शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर असोज ११ गतेदेखि लिलाम बिक्रीमा ल्याएको थियो। उक्त शेयरमा आइतबार बैंंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ।

मेगाले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता शेयर बोलकबोलमार्फत बिक्री  गरेको हो। बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेपछि बिक्री नभएको हकप्रद शेयर लिलामी मार्फत बिक्रीमा ल्याएकाे हो।

लिलामी शेयरमा न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने मेगा बैंकले जनाएको छ। लिलामी शेयरको आवेदन  बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंकका तोकिएका शाखा कार्यलयमार्फत पेश गर्न सकिनेछ ।

प्रकाशित मिति : October 4, 2020 at 12:37 pm