१ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026

बरिष्ठ चिकित्सक तथा गीतकार डा. भोला रिजालकाे ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक

१६ असाेज, काठमाडाैँ । बरिष्ठ चिकित्सक तथा गीतकार डा. भोला रिजालकाे ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक भएको छ । कोरोना संक्रमणको सिकार बन्नुभएका उहाँले देशभरका स्वास्थ्यकर्मीको सम्मानमा याे गीत सार्वजनिक गर्नुभएको हो ।

‘कोरोना महामारीसँगको यो लडाइमा स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्,’ उहाँले भन्नुभयो, ‘यस्तो बेला सबैलाई सम्मान र हौसलाको आवश्यक पर्छ ।’ त्यसैले मैले उहाँहरुको मनोबललाई थप उर्जा दिन ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गरेको हुँ’ उहाँले भन्नुभयो ।

शिव परियार, मेलिना राई, नारायण ओलीको स्वर रहेको गीतमा दीपकराज गिरी, दिपा श्री निरौँला, चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्व प्रधानसेनापती रुकमागत कटुवाल, वैज्ञानिक महाविर पुन, पूर्व डीआईजी रमेश खरेल र डा. रिजाल आफैको अभिनय छ ।

प्रकाशित मिति : October 2, 2020 at 1:50 pm