मिर्मिरे लघुवित्त र श्रृजनशील लघुवित्त एक आपसमा गाभिने
१२ असाेज, काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभ्ने भएको छ। काभ्रेपलाञ्चाेक जिल्ला बनेपा नगरपालिका वडा नं.९ बनेपामा रजिष्टर्ड कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गाेलबजार नगरपालिका वडा नं.७ मा रजिष्टर्ड कार्यालय रहेकाे श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभ्ने भएको हो ।

यी दुवै लघुवित्त असाेज १२ गते मर्जर तथा एक्विजिशन सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : September 28, 2020 at 1:53 pm









