९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मेगा बैंकको लिलामी सेयरमा आजदेखि आवेदन दिन सकिने

११ असोज, काठमाडाैँ । मेगा बैंकको लिलामी सेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ । बैंकले लिलामीमार्फत बिक्रीमा ल्याएको शेयर खरिदका लागि आजदेखि असोज १८ गतेसम्म आवेदन दिन सकिने छ।  मेगाले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न सुरू गरेको हो ।

मेगाले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको छ । लिलामी शेयरमा न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने मेगा बैंकले जनाएको छ। लिलामी शेयरको आवेदन  बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंकका तोकिएका शाखा कार्यलयमार्फत पेश गर्न सकिनेछ ।

प्रकाशित मिति : 08:17