२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

बढ्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

९ असाेज काठमाडाैँ । लगातार तीन दिन ओरालो लागेको सुन तथा चाँदीको मूल्यमा शुक्रबार वृद्धि भएको छ। आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबारदेखि बिहीबारसम्म चार हजार १०० रुपैयाँले घटेको सुन र चाँदीको मूल्य शुक्रबार बढेको हो। शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : September 25, 2020 at 12:34 pm