ट्रम्प–किम बहुप्रतिक्षित वार्ता सिंगापुरको सेन्तोसा आइल्याण्डमा हुने
२३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको वार्ता हुने स्थानको टुंगो लागेको छ । दुई नेताको बहुप्रतिक्षित वार्ता सिंगापुरको सेन्तोसा आइल्याण्डमा हुने निश्चत भएको हो ।
हृवाइट हाउसका अनुसार दुई नेताबीच सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा भेटवार्ता हुने छ । ट्रम्प–किम १२ जुनमा विहान ९ बजे भेट्दैछन् । सिंगापुर सरकारले सोमबार विदेश मन्त्रालय, अमेरिकी दूताबास र थुप्रै होटललाई विशेष क्षेत्र घोषणा गरेको छ ।
यसमा सेन्तोसा आइल्याण्ड पनि परेको छ । आइल्याण्डको दक्षिण पश्चिमी तटको करिव एक किलोमिटर विशेष क्षेत्रमा पर्छ ।
प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार ११:४०