शेयरधनीहरुलाई एनआरएन लघुवित्तकाे अत्यन्त जरुरी सूचना
७ असाेज, काठमाडौँ । शेयरधनीहरुलाई एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापकले अत्यन्तै जरुरी सूचना प्रकाशन गरेको छ । सस्थाका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये आंशिक/पुरा शेयरहरु बिक्रि गर्ने इच्छा राखी निवेदन दिएका र उक्त निवेदन संचालक समितिको बैठकमा पेश हुँदा रित पुर्याई बिक्री अघि बढाउने निर्णय भएकोले उक्त संस्थापक शेयर खरिद गर्न चाहने संस्थाका इच्छुक संस्थापक शेयरधनीलाई यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

उक्त शेयर गरी लिने सम्बन्धमा तोकिएको म्यादभित्र कायम संस्थापक शेयरधनीहरुको आवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।

प्रकाशित मिति : September 23, 2020 at 8:52 am







