६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

वीर अस्पतालका दुर्इ कर्मचारी कृष्ण तिमिल्सिना र लक्ष्मण अर्यालविरूद्ध भ्रष्टाचार मुद्दा

२२ जेठ, काठमाडाैँ ।  अख्तियार दुरूपयोग अनुसन्धान अायोगले वीर अस्पतालका दुर्इ कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अायोगले मंगलबार विशेष अदालतमा नेपाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौंमा सातौं तहमा रेडियोग्राफर अधिकृतका रुपमा कार्यरत कृष्णप्रसाद तिमिल्सिना र सोही अस्पतालमा सेवा आयोगको सचिव पदमा कार्यरत लक्ष्मणप्रसाद अर्याल विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

उनीहरूले  जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी उद्बवप्रसाद नेपाललाई उक्त मुद्दाबाट छुटाउन करणी उद्योग गर्ने मितिमा उपचार गराएको देखिने नक्कली किर्ते कागजातहरु तयार गरी  जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी उद्बवप्रसाद नेपालका ससुरा केदारनाथ पराजुलीसँग रू.५०,०००/-(पचास हजार) घुस खाएका थिए ।

साथै वीर अस्पतालको कागजात अनधिकृत रुपमा गैरकानूनी तवरले थपघट तथा हेरफेर गर्ने केदारनाथ पराजुली तथा जबरजस्ती करणी मुद्दाबाट छुटकारा पाउने उद्देश्यले आफैले बनाएको किर्ते कागजात अदालतमा पेश गर्ने उद्बवप्रसाद नेपालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको देखिन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम जरिवाना र दण्ड सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अायोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित मिति : 18:22