१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बढ्याे सुनको मूल्य, कति पुग्याे ताेलामा ?

२ असोज, काठमाडौँ । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १६:१४