१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

जनरल इन्स्योरेन्सले असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

२ असाेज, काठमाडाैँ । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १०:३४