१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

हुन्डाई ग्राण्ड आई टेन नियोस अब नेपालमा

१ असाेज, काठमाडाैँ । नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहद्धारा सार्वजनिक गरेको छ ।

हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सब भन्दा मनपर्ने र प्रशंसा गरिएको कार मध्ये एक हो। अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई टेन नियोस बजारमा ल्याएको छ। हुन्डाई ग्राण्ड आई टेन नियोस कप्पा डुअल भिटीभीटी टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ ।

उत्कृष्ट प्रदर्शनका लागि ८३ पिएस/६००० आरपिएम सर्वाधिक पावर दुबै म्यानुुअल तथा स्वचालित ट्रन्समिसन विकल्पहरुमा पाउन सकिनेछ । ग्राण्ड आई टेन नियोसले ५ स्पीड म्यानुअल र स्मार्ट अटो एएमटी दुबै किसिमको ट्रान्समिसनमा उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लसी ब्ल्याक रेडिएटर ग्रील, बुमर्याङ आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्च अलोए व्हील्स पाउन सकिन्छ । सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

ग्राण्ड आई टेन नियोस यात्राका लागि एक उत्तम सवारी साधन मात्र नभई स्मार्ट साधन पनि हो । एप्पल कारप्ले, एन्ड्रोइड अटो र बेस्ट इन सेग्मेन्ट टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०।२५ सि।एम।) का साथै रियर एसी भेन्ट जस्ता सुविधाले युक्त ग्राण्ड आई टेन नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसले नेपाली बजारमा आफनो छुटै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञाती मार्फत जनाइएको छ । यो गाडीको सुरुवाती मूल्य रु ३०,९६,००० कायम गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १८:२९