१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

माछापुच्छ्रे बैंकद्धारा लाभांश घोषणा, नगद र बोनस शेयर कति ?

१ असाेज, काठमाडाैँ । माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई १०.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बिहिबार बिहान बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जनाएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १७:२४