१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

हुन्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई साँचो हस्तान्तरण

२९ भदाै, काठमाडाैँ । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रम बिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ।

हुन्डाईले कार्यक्रममा विजयीहरुः नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२) लाई ‘भेनस एस’ तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई ‘स्यान्ट्रो म्याग्मा’ हस्तान्तरण गरेको छ।

लक्की ड्र को विजेताहरुको छनौट २९ जुन, २०२० मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य आतिथ्यता कञ्जुमर आई नेपालकी अध्यक्ष श्रीमती विमला खनालले गरेकी थिइन्।


१० भाग्यशाली विजेताहरु भरत सिंह पौडेल (कुपन नं. ३९७), चन्द्र मणी पौडेल (कुपन नं. २७५), श्रीजेश घिमिरे (कुपन नं. ९९६), महेश्वर लाल सिंह (कुपन नं. ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. ९४४), राजु शाह (कुपन नं. ७६), दल बहादुर बि. क.(कुपन नं. ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. ७१६), एन. आइ. सि. एसिया बैंक लि./ निर्भीक सापकोटा (कुपन नं. ११५८), र खातु इन्टरनेसनल प्रा. लि. (कुपन नं. ३५) ले दुबई भ्रमण जितेका थिए।

हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान ‘स्यान्ट्रो म्याग्मा’, एक थान ‘भेनस एस’, १० जोडीलाई दुबई भ्रमण सहित स्क्राच कार्ड मार्फत नगद छुटपनि प्राप्त गरेका थिए। सम्पूर्ण विजेताहरुलाई बधाई दिँदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्ने आफ्ना सम्पूर्ण गा्रहकहरुप्रति आभार व्यक्त गरे।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन्। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ।

प्रकाशित मिति : September 14, 2020 at 7:27 pm