१० असार २०८३, बुधबार | Thu Jun 25 2026

चर्चित दक्षिण भारतीय हास्य कलाकार जय प्रकाश रेड्डीको निधन

२३ भदौ, एजेन्सी । तेलुगु अभिनेता जय प्रकाश रेड्डीको मंगलबार निधन भएको छ। हृदयघातका कारण उनको ७४  बर्षकाे उमेरमा निधन  भएको हो। उनको निधनले तेलगु फिल्म क्षेत्र शोकाकुल भएको छ। आंध्र प्रदेशका पूर्वमुख्यमन्त्री एन चंद्रबाबु नायडूले  रेड्डीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिएका छन्। दक्षिण भारतीय फिल्म क्षेत्रका चर्चित हास्य कलाकार रेड्डी चरित्र अभिनेताले प्रख्यात थिए।

उनले समरसिम्हा रेड्डी, नरसिंहा रायडु, रेडी, किक तथा कबड्डी कबड्डी जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए। रेड्डी अन्तिम पटक महेश बाबु स्टारर रहेको ‘सारिलेरु निकेभरु’ फिल्ममा देखिएका थिए। यो फिल्म २०२० को जनवरीमा आएको थियो। सन् १९८८ मा वेंक्केटेस स्टारर फिल्म ‘ब्रम्हा पुथरुडु’ मा सब–इन्स्पेक्टरको भूमिकामार्फत उनले भारती फिल्म क्षेत्रमा डेब्यु गरेका थिए।

प्रकाशित मिति : September 8, 2020 at 2:28 pm