१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

प्रक्रिया पूरा नै नगरी गैरकानूनी रुपमा अघि बढेको रेलमार्गको ठेक्का रद्द

२३ भदौ, काठमाडौं । प्रक्रिया पूरा नै जगरी गैरकानूनी रुपमा अघि बढेको रेलमार्गको ठेक्का रद्द भएको छ । पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द भएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत झापाको काँकरभित्तादेखि सुनसरीको इनरुवासम्मको १ सय ६ किलोमिटरको रेलवे ट्राकबेड निर्माणका लागि आह्वान गरिएको ठेक्का रेल विभागले रद्द गरेको हो ।

रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द गरेको जानकारी दिएको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभागले गत असार १३ र १७ गते आह्वान गरेको जनाएको छ । ठेक्काको क्लज नम्बर ३७।१ को सेक्सन १ बमोजिम ठेक्का प्रक्रिया रद्द भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार १०:३८