१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

महिला लघुवित्तले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

२२ भदाै, काठमाडाैँ । महिला लघुवित्त वित्तीय संस्थाले सर्व साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रति शेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने भएको हो । लघुवित्तले आइपिओ जारी गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त गरेकाे छ ।


उक्त नियुक्ती सम्बन्धी सम्झौता पत्रमा महिला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले र एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती हस्ताक्षर गरेका छन् ।

यस्तै, लघुवित्तले सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १७:५३