फेरि घट्याे सुनको मुल्य, तोलाको कति?
२१ भदाै, काठमाडाैँ । आइतबार सुनको मुल्य घटेकाे छ । यसदिन सुन तोलामा ३०० रुपैयाँले घटेको हो। यस दिन छापावाला सुनकाे मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुनकाे प्रतितोला ९५ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार चाँदीको मुल्य भने वृद्धि भएको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ।
प्रकाशित मिति : September 6, 2020 at 12:38 pm









