३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

बोक्सीको आरोपमा कुटपिट गरी गाउँ निकाला गर्ने दुष्प्रयास गर्ने तीन जना पक्राउ

२१ जेठ, इटहरी । सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गरी गाउँ निकाला गर्ने दुष्प्रयास गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका भन्दै स्थानीय मन्दिरमा पूजा गर्न भनेबमोजिम पूजा गर्दैगर्दा गढी निवासी सुवालाल मेहताको निर्देशनमा उनका छोरा रमेशकुमार मेहता, रञ्जीत मेहता र अमरलाल मेहताले महिलामाथि बोक्सी आरोप लगाउँदै कुटपिट गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

सुवालाल मेहताले युवालाई उक्साइ महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको अवस्थामा आइतबार साँझ तीन जना युवालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अघि बढाइएको छ ।

पीडित महिलालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : June 4, 2018 at 9:09 am