१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

२२.३१ अंकले बढ्याे शेयर बजार, ३ अर्बमाथिको कारोबार

१५ भदाै, काठमाडाैँ । साेमबार शेयर बजार दाेहाेराे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक २२.३१ अंकले बढेर एक हजार ४८४.९९ मा पुगेकाे छ । नेप्से १.५३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.०५ अंकले बढेर २९८.३५ मा पुगेको छ ।


कूल १८९ वटा कम्पनीकाे ७७ लाख ६३ हजार ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १ सय २५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर घटेकाे छ ।

होटेल बाहेक कारोबार भएका सबै समूहको सूचक बढेको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक २६०.३३ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ४.९५ अंकले बढेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १५:२५