१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

उपकार लघुवित्तले आइपिओ निष्कासन गर्ने

१५ भदाै, काठमाडाैँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ । लघुवित्तले १ करोड २६ लाख रूपैयाँ बराबरकाे प्रति शेयर १०० रूपैयाँ अंकित मूल्य दरका १ लाख २६ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएकाे हाे ।  लघुवित्तकाे आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ । साथै, उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।


नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १३:२७