१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

समाज लघुवित्तको आइपिओ बाँडफाँड आज, पर्ने सम्भावना कति ?

१५ भदाै, काठमाडाैँ । समाज लघुवित्त वित्तीय संस्थाको आइपिओ आज सोमबार बाँडफाँड हुँदैछ । समाज लघुवित्तको आइपिओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार बाँडफाँड गर्न लागेको जनाएको छ । तीन दिन अघि प्रि एलटमेन्ट गर्दै नियामक निकाय नेपाल धितोपित्र बोर्डलाई जानकारी गराइसकिएको छ ।

धितोपत्र बोर्डले कम्पनीले शुक्रवार प्री एलटमेन्टको जानकारी दिएको जनाएको छ । सिद्धार्थ क्यापिटलले गरेको प्री एलटमेन्टमा आठ हजार ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेपछि उनीहरूलाई गोलाप्रथाद्वारा शेयर बाँडफाँट गरिएको हो। निष्काशनमा योग्य आवेदक पाँच लाख ४७ हजार तीन सय ७० जना रहेका थिए ।

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो। बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएकाे थियाे।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १०:३८