१० असार २०८३, बुधबार | Thu Jun 25 2026

नेपाल आइडलका बुद्ध लामाकाे ‘हुन्न हुन्न हुदै हुन्न’ गीत सार्वजनिक

९ भदाै, काठमाडाैँ । रियालिटी शो नेपाल आइडल सिजनका  विजेता गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाईको युगल स्वरमा रहेको गीत ‘हुन्न हुन्न हुदै हुन्न’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक फ्लेवर को यस गीतका शब्द रमेश दहालले लेखेका हुन् भने टिका दहालले संगीतवद्द गरेका हुन्। यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा गायक बुद्द लामा र नायिका मलिका महतको रोमान्स देख्न सकिन्छ। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। नविन निरौलाले कलरिङ र सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो।

भिडियो रिलिज संगै निर्माण टिमले टिकटक कम्पिटिसनको घोषणा गरेको छ। गीतको कुनै पार्टमा डोयट टिकटक बनाएर सहभागी भएमा उत्कृष्ट २ जनाले प्रस्तुतिको आधारमा १०/१० हजार पुरुष्कार स्वरूप प्राप्त गर्ने छन्। निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेका छन्।

प्रकाशित मिति : August 25, 2020 at 2:38 pm