३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

दाङमा नमूना विद्यालयलाई ११ लाख अनुदान

१८ जेठ,दाङ । दाङ राप्ती गाउँपालिकाले छनोट भएका नमूना विद्यालयलाई  ११ लाख अनुदान दिने निर्णय गरेको छ । गाउँपालिकाकाे शिक्षा समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो ।

गाउँपालिकाले श्री मावि मौरीघाट, शंकर मावि पिपरी, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनिया र नवप्रतिभा आधारभूत विद्यालय पाखापानीलाई नमूना विद्यालयका रुपमा छनोट गरिएको छ ।

नमूनाका रुपमा छनोट भएका प्रत्येक विद्यालयलाई बालविकास कक्षा व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, खेलकूद मैदान, चिल्ड्रेनपार्क निर्माण कार्य र परामर्श सेवा सञ्चालन गर्नका लागि ११ लाखका दरले अनुदान दिने निर्णय गरेको गाउँ शिक्षा समितिका सदस्य सचिव राजेन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो ।

बैठकले राप्ती गाउँपालिकाभित्रका बालविकासमा शिक्षक छनोट गर्न आधारभूत तथा माध्यमिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ मा व्यवस्था भएअनुसार शिक्षक छनोट समितिले शिक्षक छनोट गर्ने निर्णय गरेको राप्ती गाउँपालिका गाउँ शिक्षा समितिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 1, 2018 at 2:26 pm