१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा ६ लाखभन्दा बढीको आवेदन

८ भदाै, काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा ६ लाखभन्दा बढीको आवेदन परेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा ६ लाख ६ हजार ३३१ आवेदकबाट २ करोड ४१ लाख ३१ हजार ८७० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले कुल ६३ लाख कित्ता शेयर निष्काशन गरेकोमा ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री खुल्ला गरिएको हो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको सेयरको ५६ लाख ७० हजार कित्ताको ४.२५ गुणाले धेरै हो । सोमबारदेखि आइपीओ बिक्री बन्द भएको छ । इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १७:५९