२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु

८ भदौ, रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहनुभएकी रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो ।

पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी शुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।कोरोनाको औषधि तथा खोप पत्ता नलागिसकेका अवस्थामा सङ्क्रमितको स्वास्थ्यावस्थामा सुधार ल्याउन प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको थापाले बताउनुभयो ।उहाँका अनुसार अहिले कोरोना अस्पतालको सघन उपचार कक्षमा १७ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये दुई जनाान अन्य स्वास्थ्य समस्या आएकाले भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ ।

प्रकाशित मिति : August 24, 2020 at 5:57 pm