१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

समाज लघुवित्तको आइपीओमा पर्याे १४८ गुणा बढी आवेदन

८ भदाै, काठमाडाैँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडलेको आईपीओमा माग भन्दा ज्यादै धेरै आवेदन परेको छ । सोमबार साँझ पाँच बजेसम्ममा समाज लघुवित्तको आइपीओमा १४८.५६ गुणा बढी आवेदन परेको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

लघुवित्तको साेमबारदेखि शेयर बिक्री बन्द भएपनि अझै पनि कतिपय बैंकबाटै भौतिक रुपमा गरिएको आवेदनहरू भने थपिने छन् ।लघुवित्तको आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि बिक्रीमा ल्याएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १७:४७