१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

आज रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम दिन

८ भदाै, काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ भदौ ४ गतेदेखि निष्काशनमा ल्याएको हो।

इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताहरुले आज बेलुकी ५ बजेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इन्स्योरेन्सले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार ११:१३