१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

दोहोरो अंकले बढ्याे सेयर बजार, १ अर्बमाथिको कारोबार

७ भदाै, काठमाडाैँ । आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.७७ अंकले बढेर एक हजार ४१०.३४ मा पुगेकाे छ । नेप्से ०.९१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१९ अंकले बढेर २८९.५५ मा पुगेको छ ।

कूल १८४ वटा कम्पनीकाे २४ लाख ९८ हजार ६ सय ६२ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १० करोड ८० लाख ५३ हजार ५ सय ९७ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक २३३.२२ अंकले बढेको छ । यस्तै, वाणिज्य बैंक समूह ४.८ अंक बढेकाे छ । समृद्धि फाइनान्सको सेयर भाउ सबैभन्दा धेरै ९.७७% ले बढेको छ । नेको इन्सुरेन्स र तारागाउँ रिजेन्सी होटेलमा धेरै कमाउनेमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

यता, सबैभन्दा धेरै गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यसको भाउ ३.७०% ले तल झरेको हो । खदिरबिक्री रकममा नेको इन्सुरेन्स अग्रस्थानमा आइपुगेको छ । यसको १३ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । खरिदबिक्रीमै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल पुनर्बिमा कम्पनी रहेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार १६:२४