१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

समता लघुवित्तको २६.३२ प्रतिशत लाभांश घोषणा

७ भदाै, काठमाडाैँ । समता लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले २ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने १ करोड २० लाख ७० हजार ५३५ रुपैयाँ नगद बाँड्नेछ ।

समताले सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने जनाएको छ । अघिल्लो वर्ष समताले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिएको थियो । हाल समता लघुवित्तको चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार रुपैयाँ छ । अहिले घोषणा गरेको बोनस सेयरपछि भने पुँजी २२ करोड ९३ लाख ३९ हजार ३६० रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार ११:३२