४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुरमै रहने, यसै वर्षदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने

-प्रशान्तजंग पाण्डे 

५ भदाै, नुवाकोट । पाोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नगरपालिका वडा नम्बर १ विदुरमै रहने भएको छ । शिक्षामन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् (सीटीभीटी)को टोलीले भदाै ३ गते विदुर नगरपालिकाको वडा नम्बर १ मा रहेको इन्द्रायणी घाटसँगै चाैरमा शिक्षालय स्थापनाको निर्णय गर्नेगरी जिल्लाबाट निर्णय बोकेर काठमाडाैँ फर्किएको छ ।

स्वर्गीय पोष्टबहादुर बोगटी, नुवाकोटको नक्सा र सीटीभीटीले गरेको निर्णय ।

भाद्र ३ गते बुधबार प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अध्यक्षातामा नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, नेपाली कांग्रेसका नेता एवं जिल्ला समन्वय प्रमुख सन्तमान तमाङ लगायतको सहभागितामा भएको बैठक र स्थागलत निरीक्षणपछि विदुर १ मै शिक्षालय स्थापनाका लागि सीटीभीटीमा अनुरोध गर्ने निर्णय भएको छलफलमा सहभागी शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलका निजी सचिव विनोद न्याैपानेले जानकारी दिए । छलफलमा सीटीभीटीका इन्जिनियरिङ कोअर्डिनेटर गुणानन्द झा निर्माण सहायक प्रशिक्षक तेजबहादुर खत्री लगायत पनि सहभागी रहेका थिए ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको संयोजकत्वमा बसेको बैठकमा सहभागी, सांसद हिरानाथ खतिवडा, जिल्ला समन्वय प्रमुख सन्तमान तामाङ, प्रहरी प्रमुख अविनारायण काफ्ले र शिक्षा मन्त्रीका निजी सचिव विनोद न्याैपाने ।

प्रमुख जिल्ला अधिकारी ढकालको संयोजकत्वमा बसेको बैठकले यसै वर्षदेखि शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय समेत गरेको छ । बैठकले तत्कालका लागि शैक्षिक कार्यक्रम सञ्चालनका लागि त्रिभुवन त्रिशुली क्यापसको भवन उपयोग गर्ने र त्यसका लागि जिल्ला समन्वय समितिले समन्वय गर्ने निर्णय समेत गरेको छ । अब बस्ने सीटीभीटीको बोर्ड बैठकले शैक्षिक कार्यक्रमका सम्बन्धमा निर्णय गरेमा यसै शैक्षिक सत्रदेखि केही कार्यक्रम सञ्चालनमै आउने छ ।

यो पनि पढ्नुहोस्

–नुवाकोटको विदुरमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय

–‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’ नुवाकोटमा स्थापना गर्न सरोकार समाजको माग

नगरपालिकाको वडा नम्बर २ मा स्थानीयहरूले ६५ रोपनी र ७५ रोपनी जग्गा शिक्षालय स्थापनाका लागि उपलब्ध गराउने बताए पनि निरीक्षणमा गएको टोलीले त्यस स्थानमा एक नजर पनि लगाएनन् । वडा नम्बर २ को लामिडाँडामा भने यसअघि नेकपाका अध्यक्ष खतिवडासहितको टोलीले एकपटक स्थलगत निरीक्षण गरेको थियो । यसअघि नुवाकोटमा बुहप्राविधिक शिक्षालय स्थापनाको निर्णय गरिएकोमा नुवाकोट सरोकार समाजको टोलीले शिक्षामन्त्री पोखरेललाइ भेटेरै धन्यवाद दिएको थियो ।

साउन ९ गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयमै पुगेर मन्त्री गिरिराजमणि पोखरेललाई पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापनाको निर्णयका लागि धन्यवाद र  मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’ स्थापनाका लागि ध्यानाकर्षणपत्र बुझाउँदै नुवाकोट सरोकार समाजमको टोली ।

लामो राजनीतिक पृष्ठभूमि भए पनि नुवाकोटमा प्राविधिक शिक्षालय स्थापनाका लागि नेपाली कांग्रेसले खासै चासो नदिइरहेको सम्बन्धमा नेकपा नुवाकोटको नेताहरूले नेकपाको सरकार रहेको बेलामा शिक्षालय स्थापनाको निर्णय गरी सञ्चालन नै गराउने काममा अग्रसर देखिएका छन । यसअघि ६४ जिल्लामा प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् स्थापना भैसकेपनि नुवाकोटमा भने पहिलो पटक सिटीभिटीको आंगिक कलेज सञ्चालन हुन लागेको छ । तत्कालनी माओवादी केन्द्रका महासचिव रहेका स्वर्गीय बोगटीको स्मृतिमा स्थापना हुने बहुप्राविधिक शिक्षालयले नुवाकोटको शैक्षिक विकासमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : August 21, 2020 at 3:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/