१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

समाज लघुवित्तकाे आइपिओमा पहिलो दिनमै पर्यो १६ गुणबढी आवेदन

४ भदाै, काठमाडाैँ । समाज लघुवित्तले निश्कासन गरेको साधारण शेयर (आइपिओ)मा पहिलोदिन नै माग भन्दा धेरै आवेदन परेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल अनुसार बिहीबार बेलुका ५ बजेसम्म अनुसार ५३ हजार १०९ वटा आवेदन मार्फत १३ लाख ३३ हजार ३९० कित्ता शेयर खरीदको लागि माग परेको हो। यो माग आवेदन नै १६.५२ गुणा बढी हो।

समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ । प्रतिकित्ता १ सय अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ।

प्रकाशित मिति : August 20, 2020 at 6:39 pm