१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

उपत्यकाका सबै बैंक बन्द, तीन कम्पनीकाे आइपिओ भर्न मेरो सेयरको भर

४ साउन, काठमाडाैँ । निषेधाज्ञा जारी भएकाले कर्मचारी आउन नपाएपछि काठमाडौँ उपत्यकाका सबै बैंक बन्द भएका छन्। प्रहरीले कार्यालय हिंडेका कर्मचारीलाइ राेकेरपछि नेपाल बैंकर्स संघले सेवा दिन नसकिएकाे बताएकाे छ ।

बैंकका केही कर्मचारीलाई प्रहरीले बाटोमा रोकेपछि बन्द गर्नुपरेकाे संघको भनाइ छ । अत्यावश्यक सेवा भन्दै स्थानिय प्रशासनको समन्वयमा केही शाखा खोलेर सेवा दिन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको र अनावश्यक झन्झट दिएकाले बैंक खोल्न समस्या परेको नेपाल बैंकर्स संघजनाएकाे छ । कोरोना भाइरसको संक्रमण बढेपछि बैंकहरूले उपत्यकामा एक बैंकले ८ शाखासम्म खोलेर सेवा दिने  निर्णय गरेका  थिए ।

 

आइपिओ भर्न मेरो सेयरको भर

सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाका कारण लगानीकर्ता बैंक जान सकेका छैनन् ।जसका कारण शतप्रतिशत लगानीकर्ताले मेरो सेयरमार्फत नै आवेदन दिइरहेका छन् । जसले गर्दा सिस्टममा अधिक लोड परेकाे छ । मेरो सेयर सफ्टवेयरले राम्रोसँग काम गरेको छैन ।

अहिले लिवर्टी इनर्जी कम्पनी, रिलायन्स लाइफ इन्सुरेन्स र समाज लघुवित्तको आइपीओ खुला भइरहेको छ ।

बुधबारदेखि लिवर्टी ईनर्जी कम्पनी लिमिटेडकाे प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशन गरेको हो।

 

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशनमा ल्याएको हो।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका देखि अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ १७ गते सम्म आवेदन खुल्नेछ।

यस एनर्जीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

यस्तै बिहिबारदेखि रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोडको आईपीओ सुरु भएको छ । विहिबारदेखीनै उपत्यका लगायतका क्षेत्रमा निषेधाज्ञा जारी भएकाले सेयर लगानीकर्तामा अन्यौलता छाएको छ ।

अनलाइनबाट मात्रै सेयर भर्न सकिनेछ । आइपिओमा जसले मेरो सेयर लिएका छ उनिहरुले र बैंक खुलेको अवस्थामा सि–आश्वाबाट पनि आवेदन दिन सकिनेछ ।

रिलायन्स लाईफ इन्स्योरेन्सले ६३ हजार कित्ता सेयर निष्कासन गरेको छ । रिलायन्सले निष्काशन गरेको सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका र अर्को ५ प्रतिशत कर्मचारीका लागि छुट्याइएको छ । ५६ लाख ७० हजार कित्ता आईपिओ भने सर्वसाधारणको लागी विक्रीमा खोलेको छ ।

सर्वसाधारणले रिलायन्स र समाज लघुवित्तको आईपीओ भदौ ८ गतेसम्म आवेदन दिने म्याद रहेको छ । लगानीकर्ताहरु न्यूनतम १० कित्तादेखि धिकतम ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन । रिलायन्सको आइपीओ बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । भदाै ८ गतेसम्म सेयर भर्न सकिनेछ ।

यस्तै समाज लघुवित्त वित्तिय संस्थाले ८६ लाखको आईपीओ निष्काशन गरेको छ । समाज लघुवित्तको प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको छ । लघुवित्तको एक हजार कित्ता सेयर कर्मचारीलाई ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

मेरो शेयरबाट र सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएकाे छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १३:३६