१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

टिभिएसले नेपाली बजारमा ल्यायाे २०० सिसिको स्मार्ट मोटरसाइकल

२ भदाै, काठमाडाैँ । अटोमोबाइल कम्पनी टिभिएस् मोटरको २ र ३ चक्के सवारीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारदेखि स्मार्ट कनेक्ट र एबिएस सहितको आफ्नो २०० सिसिको नयाँ मोडल सार्वजनिक गरेकाे छ ।

टिभिएस मोटर कम्पनीले अत्याधुनिक प्रविधिको, सुविधा सम्पन्न अपाचे आरटिआर २०० ४भिको नयाँ २०२० संस्करण सार्वजनिक गरेको हाे। नेपालमा टिभीएस् मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु, कम्पनीको नेपालस्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले भित्र्याउने गरेको छ।

स्मार्ट सुविधाहरु भएकाले र साथै तत्कालिन अवस्थालाई मध्यनजर राख्दै, यो मोटरसाइकल बिभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो। लाईभ स्मार्ट लन्च कार्यक्रम, जगदम्बा मोटर्सको आधिकारिक युट्युब च्यानल, फेसबुकरईन्स्टाग्राम पेज संगै लगभग १०० भन्दा बढी अन्य लोकप्रिय युट्युब च्यानल र फेसबुकरईन्स्टाग्राम पेजमार्फत पनि प्रत्यक्ष प्रशारण जाने गरि गरिएको थियो, जसमा राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का नयाँ स्मार्ट अपाचे आरटिआर २०० ४ भि एबिएस विथ स्मार्ट कनेक्ट अनावरण गर्नुभएको थियो।

यसैगरी उक्त कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन कलाकारहरु स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राइले आफ्ना गीतहरुका साथ रमाइलो प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा कलाकार बर्षा राउत तथा राइड्रर सागरको पनि उपस्थिती थियो

टिभिएस अपाचे आरटिआर २०० ४भिको यो नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको छ। यस मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका छन् जसले बाटोमा यात्रा गर्दा अरु मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने छ।

साथै मोटरसाइकलमा एबिएस विथ आरएलपि (रियर व्हील लिफ्ट अफ् प्रोटेक्सन), फेदर टच स्टार्ट, रेडिएल टायर, एलइडि हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र उन्नत स्लिपर क्लच जस्ता सुविधा समेत रहेका छन् जसकारण यो एउटा स्मार्ट र अनबिटेबल मोटर साइकलको रुपमा प्रस्तुत भएर आएको छ।

नयाँ स्मार्ट मोटरसाइकल अनावरण पश्चात आफ्नो धारणा व्यक्त गर्ने क्रममा पुर्व क्रीकेट कप्तान पारस खड्काले भन्नुभयो, “अपाचे नेपालको मार्केटमा लामो समय देखि रहि आएको छ र यसको २०० सी।सिको संस्करण एकदमै उत्कृष्ठ रहेको छ। म आफैँ पनि लामो समयदेखि टि।भि।एस संग आवद्ध रहिआएको र यसले नेपाली क्रिकेटको बिकासमा पनि ठुलो भूमिका खेल्दै आएको हुनाले यो नयाँ स्मार्ट मोडल आफैँ अनावरण गर्न पाएकोमा ज्यादै खुशी लागेको छ”।

यसैगरी उक्त मोटरसाइकल सार्वजनिक कार्यक्रम बारे बोल्ने क्रममा, टिभिएस मोटर कम्पनी का कार्यकारी उपाध्यक्ष तथा अन्तराष्ट्रिय व्यवसाय प्रमुख, आर। दिलीपले भन्नुभयो, “नेपालमा सुविधा सम्पन्न अपाचे आर।टि।आर २०० ४भिको नयाँ २०२० संस्करण भित्र्याउन पाएकोमा हामी एकदम खुशी भएका छौं। यो मोटरसाइकल नेपालका अपाचे मन पराउनेलाई खुशी बनाउने हाम्रो प्रतिवद्धताको एउटा प्रमाण रहने छ। हामीले बिश्वास लिएका छौं कि, यसमा रहेका अत्याधुनीक सुविधा हरुले मोटरसाइकल कुदाउनमा एक नयाँ आयाम थप्नेछ “।

यसैगरी जगदम्बा मोटर्स प्राइभेट लिमिटेड ९व्ःएी०का कार्यकारी निर्देशक, साहिल अग्रवालले मोटरसाइकल लन्च बारे भन्नुभयो, हामी यहाँ जगदम्बा मोटर्स प्राइभेट लिमिटेड ९व्ःएी०मा, हाम्रा मूल्यवान ग्राहक हरुकालागी नयाँ र आविष्कारी सामाग्रीहरु ल्याउनमा पूर्ण रुपमा प्रतिवद्ध रहेका छौं र यो अपाचे आरटिआर २०० ४भिको नयाँ २०२० संस्करण नयाँ सुविधाहरू, शैली र प्रदर्शनको एक सर्वश्रेष्ठ संयोजन रहेको छ। हामी पूर्ण विश्वस्त छौं कि यसले पक्कैपनि हाम्रा ग्राहकवर्गलाई खुशी पार्ने छ र अरुको लागि एउटा आधार बन्नेछ”।

यो अपाचे आरटिआर २०० ४भिको नयाँ २०२० संस्करणमा १९७.७५ सिसि एकल सिलिण्डर, ४-स्ट्रोक, ४-भल्भ, ओएल कुल्ड इन्जिन मोटर रहेको छ जसले ८५०० आरपिएममा २०.५पिएस् र ७००० आरपिएममा १८.१ एनएम पावर उत्पादन गर्दछ। यो मोटरसाइकल दुइओटा मनमोहक रङ्गमास् सायीनिङ कालो र पर्ल सेतो रङ्गमा नेपालमा उपलब्ध हुने छ।

आफ्नो ३७ बर्षको गौरवान्वित रेसिङ्ग विरासतलाई कायम राख्दै टिभिएसले विश्वका ६० भन्दा ज्यादा मुलुकहरुमा झन्डै ३करोड ३५लाख ग्राहकलाई प्रविधि, शक्ति, सहजता र स्टायलको मामलामा आफ्ना यस अघिका बिभिन्न मोडल मार्फत सन्तुष्ट बनाउँदै आइरहेको छ। त्यसैलाई निरन्तरता दिदै अनी अन्य मुलुकको सफलतालाई अंगाल्दै, नेपालमै पहिलो पटक, नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले युवा वर्गको चाहनाको मध्यनजर गर्दै स्मार्ट कनेक्ट मोटर साइकल भित्र्याएको हो । नेपाली बजार मा टिभीसएस अपाचे आरटिआर २०० ४भि एबि।एस नेपालभरीका सम्पूर्ण शोरूम हरु मा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १८:२१