१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

साेमबार दोहोरो अंकले बढ्यो शेयर बजार, १ अर्ब ७ करोडकाे काराेबार

१ भदाै, काठमाडाैँ । शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १०.७५ अंकले बढेर १ हजार ४०२.२१ मा पुगेकाे छ । नेप्से ०.७७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१४ अंकले बढेर २९० मा पुगेको छ ।

कूल १८४ वटा कम्पनीकाे ३५ लाख ९१ हजार ४८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५ सय ९७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

निर्जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै १६२.१३ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा पनि ६.५९ अंकको तेजी आएको छ । साधना लघुवित्तको मुल्य सबैभन्दा धेरै ९.८९% ले बढेको छ ।

यस्ते छ्याङदी हाइड्रोपावरको मुल्य सबैभन्दा धेरै ४.४०% ले तल झरेको छ । खरिदबिक्री रकममा नेपाल बैंक अग्रस्थानमा रहेको छ । यसको ७ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । धेरै रकमको कारोबार हुनेमा दोस्रोमा नेपाल पुनर्बिमा कम्पनी र तेस्रोमा नेको इन्सुरेन्स परेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार १५:२९