१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

आज पनि घट्यो सुनको मुल्य, कतिमा हुँदैछ काराेबार ?

१ भदौ, काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला २ सयले घटेकाे हाे  । आइतबार २ सयले घटेर तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज  प्रतितोला ९८ हजार २ सयमा काराेबार भएकाे  छ ।

भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सयमा काराेबार भएकाे छ । चाँदी प्रतितोला १० रुपियाँले घटेर  प्रतितोला १३ सय १५ रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार ११:२९