१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

राष्ट्र बैंकले ७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

३२ साउन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले एक सूचनामार्फत २८ दिन र ९१ दिनको अवधिका लागि ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ । बैंकले २८ दिनकाे ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्नेछ ।

यो ट्रेजरी २०७७ साल भाद्र ३० गते परिपक्क हुनेछ । त्यसैगरी, ९१ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल मंसिर २ गते परिपक्क हुनेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार १५:०६