१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एनआईसी एसिया बैंकको नाफा ३ अर्ब १२ करोड

३० साउन, काठमाडाैँ । एनआईसी एसिया बैंककले ३ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७५।७६ मा भन्दा १० करोड अर्थात ३.३१ प्रतिशतले नाफा वृद्धि गरेको हो । सो आवमा बैंकको नाफा ३ अर्ब दुई करोड रुपैयाँ थियो ।

एनआईसी एसिया बैंकको वितरण योग्य नाफा भने एक अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । एनआईसीले गत आवमा दुई खर्ब एक अर्ब निक्षेप संकmन गरेर एक खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले २० अर्ब ७२ करोड रुपैयाँ ब्याज आम्दानी गरेर १३ अर्ब ११ करोड रुपैयाँ ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी भने ७ अर्ब ६० करोड रुपैयाँ प्राप्त गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी ३२.१२ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १७७.३६ रुपैयाँ छ । बैंकको सीडी रेसियो ७०.२९ प्रतिशत, कस्ट अफ फण्ड ५.५६ प्रतिशत छ । त्यस्तै, आधार ब्याजदर ७.७० प्रतिशत रहदा स्प्रेड दर भने ४.३९ प्रतिशत छ । बैंकको खराब कर्जा भने ०.७५ प्रतिशत मात्रै रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १४:१०