१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आइपीओ जारी गर्न लागेकाे सानिमा जनरलको नाफा ५ करोड ५६ लाख

२९ साउन, काठमाडाैँ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा ५ करोड ५६ लाख २९ हजार खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ५३.४० प्रतिशत धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले ३ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले १३ करोड ५५ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ८१.३४ प्रतिशतले धेरै हाे । गत वर्ष कम्पनीले ७ करोड ४७ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।कम्पनीकाे जीवन बिमा कोषको आकार पनि बढेर ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीकाे बिमा कोषमा २ करोड ९६ लाख ३३ हजार रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ७० करोड रुपैयाँ र जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनी लिमिटेडले ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार १४ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे छ । उक्त आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था जनाउने केयर एनपीबीबीप्लस’ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १४:३६