१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सामान्य अंकले बढ्याे शेयर बजार, ९५ करोड १९ लाखकाे काराेबार

२८ साउन, काठमाडाैँ । बुधबार  शेयर बजार हरियाे भएर बन्द भएकाे छ । सुरूवातदेखि नै केही घट्दै गइरहेकाे बजार अन्त्यमा हरियाे भएर नै बन्द भएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १.५१ अंकले बढेर एक हजार ४२५.३२ मा पुगेकाे छ । नेप्से ०.११ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर २९७.२९ मा पुगेको छ ।

कूल १८८ वटा कम्पनीकाे ३० लाख ३२ हजार ३११ कित्ता शेयर खरिदबिक्री हुँदा ९५ करोड १९ लाख ६० हजार २०८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे शेयर घटेकाे छ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूह ३९.०८ अंकले बढेको छ । यस्तै, वाणिज्य बैंक समूहको सूचक ३.८१ विन्दुले माथि लागेको छ । साधना लघुवित्तको भाउ सबैभन्दा धेरै ९.८९% ले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा युनियन हाइड्रोपावर परेको छ । यसको भाउ ६.४५% ले घटेको छ ।

खरिदबिक्रीमा युनाइटेड इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको ६ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी र तेस्रोमा नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १५:३०